मंगलबार, वैशाख २५, २०८१

देउवासँग किन झस्किए गगन–विश्व?

गगन निकट एक नेताले भने, ‘सभापतिले एकअर्काविरुद्ध प्रयोग गरेर भिडाउन सक्ने विषयमा सचेत भएर पार्टीको भविष्य र युवा पुस्ताको भूमिकाका लागि नयाँ विचार/दृष्टिकोण बनाउन आन्तरिक छलफल घनिभूत भएको छ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र दृष्टिकोण बनाउने सन्दर्भमा पनि उहाँहरू एकैठाउँ उभिनुहुनेछ।’
 |  शुक्रबार, असार २४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, असार २४, २०७९

काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणामले दुई प्रश्न उब्जाएको थियो। पहिलो- महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माबीच सहकार्य होला कि संघर्ष? दोस्रो शेरबहादुर देउवाभन्दा फरक प्यानलबाट दुवै महामन्त्री चुनिएकाले उनीहरूको 'कमेस्ट्री' कस्तो होला? 

triton college

महाधिवेशनपछि ६ महिना बितिसकेको अवधिमा महामन्त्रीद्वय थापा र शर्माबीच शक्तिसंघर्षभन्दा सहकार्य कसिलो देखिन्छ। यद्यपि फरक प्यानलबाट आएका महामन्त्रीले सभापति देउवाको कार्यशैलीमा तात्त्विक भिन्नता सिर्जना गरेको देखिँदैन। अघिल्लो कार्यकालमा देउवाले जसरी पार्टी सञ्चालन गरेका थिए, पछिल्लो ६ महिना पनि ठिक त्यसैगरी पार्टी सञ्चालन गरिरहेका छन्। विधानले ६ महिनाभित्र गर्न निर्दिष्ट गरेका कांग्रेसले गर्न सकेको छैन। यसमा देउवालाई घच्घच्याउन युवा महामन्त्रीद्वयले पनि सकेको देखिएको छैन। 

विधान अनुसार सभापतिले ६ महिनाभित्र कोषाध्यक्ष मनोनयन, विभागका गठन, पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड, अनुशासन र लेखा समिति गठनलगायतका काम गर्नुपर्ने थियो। तर, देउवाको प्राथमिकतामा यी काम परेको देखिँदैन। विधान र पद्धति कार्यान्वनयको एजेन्डा लिएर निर्वाचित भएका महामन्त्रीद्वयका लागि यो विषय सुखद् होइन।  


प्रकाशित: Jul 08, 2022| 07:16 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्