आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापतिले भने - जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस्

नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापतिले भने - जनताप्रति उत्तरदायी भएर काम गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाव दिएका छन्। 

National life

नेपाली कांग्रेस स्याङ्जाले बुधबार स्याङ्जाको पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनका बेला मतदाताले गरेका अपेक्षाहरु पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न सुझाव दिएका हुन्। 

'नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई पूरा गर्ने गरी जनप्रतिनिधि लाग्नुहोस्,' उनले भने, 'पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जानेछ।'

अभिमुखीकरण कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, पूर्वसांसद खगेन्द्रराज रेग्मी, कांग्रेस जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठ, भागवतप्रकाश मल्ल, कांग्रेस नेता भोजराज अर्याल, कांग्रेस गण्डकी प्रदेश सदस्य कविता तिवारी गैरे, गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराई, भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्य, कांग्रेस जिल्ला उपसभापति केदार काफ्लेलगायतले स्थानीय सरकार जनतासँग प्रत्यक्ष ठोकिने र जनताको नजिकको सरकार भएकाले जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका थिए। 


प्रकाशित: Jul 07, 2022| 20:22 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...