आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • परिवारवादको चंगुलमा प्रचण्ड : एकाघरका चार जनालाई पोलिटब्युरो सदस्यको बम्पर

परिवारवादको चंगुलमा प्रचण्ड : एकाघरका चार जनालाई पोलिटब्युरो सदस्यको बम्पर

नेकपा माओवादी अध्यक्ष दाहालले बिहीबार घोषणा गरेको पोलिटब्यूरो सदस्यमा आफूसहित चार जना घरपरिवारकै सदस्यलाई मनोनयन गरेका छन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको गत असार १७ देखि चलिरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरे। उबेला बैठकमा सहभागी केन्द्रीय स्तरका नेताले दाहालको विरोध नगरी चुप लागे। कारण थियो, पार्टीमा दाहालको एकछत्र राज।

National life

अध्यक्ष दाहालले आप्mना छोरी–ज्वाइँलाई केन्द्रीय सदस्यमा मनोनयन गरेपछि पार्टीभित्र झिनामसिना विरोधका स्वर अहिले पनि सुनिन्छन्। दाहालकै ज्वाइँ भएको आधारमा के्रन्द्रीय सदस्यमा मनोनयन भएका आचार्यले न माओवादी आन्दोलनमा लागेर पार्टीका लागि योगदान दिएका थिए, न त उनको कुनै पार्टीप्रति साइनो छ। छोरीका श्रीमान् भएकै आधारमा दाहालले केन्द्रीय सदस्य बनाइछाडे। 

यसबाट पनि प्रस्ट देखिन्छ भने माओवादीभित्र जनयुद्धमा योगदान दिएका नेता, कार्यकर्ताहरू क्रमशः पाखा लगाइँदै छन्। जनयुद्धको ‘ज’ पनि थाहा नभएका आचार्य प्रचण्डकै ज्वाइँ भएकै आधारमा केन्द्रीय सदस्य हुन सफल भएको भन्दै आलोचना भइरहेको छ। सुरुमा कांग्रेस पृष्ठभूमिका आचार्य २०६४ सालमा प्रचण्डकी छोरी गंगासँग बिहे गरेपछि मात्र माओवादीमा जोडिएका हुन्। 

प्रचण्डको आदेशमा चल्ने पार्टीभित्र पदाधिकारी नियुक्तिमा पनि उनकै हैकम चल्दै आएको छ। भलै माओवादीले पार्टी संरचनाको विधान किन नबनाएको होस्। पार्टी विधानलाई बाइपास गरेर अध्यक्ष प्रचण्डले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। त्यतिबेला पार्टीमा ठूलै विरोधका स्वर सुनिएपछि उनी पछि हटेका थिए।

गत आइतबारको बैठकमा माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अध्यक्ष प्रचण्डलाई परिवारवादबारे लगाइँदै आएको आरोपको औचित्य पुष्टि गर्न वा प्रस्टीकरण दिनसमेत भनेकी थिइन्। उनको माग सुनुवाइ भएन। पार्टी अध्यक्षका छोरी–ज्वाइँ मात्रै भएको आधारमा भटाभट केन्द्रीय सदस्य मनोनीत गरिँदा पार्टी संरचनाको तल्लो स्तरमा आफूहरूले विरोध सामना गर्नुपर्ने स्थिति आएको उनको गुनासो थियो।

Shivam cement

अध्यक्ष दाहालले परिवारवादको शृंखला बिहीबारको बैठकमा पनि देखाए। पार्टीभित्र वरिष्ठ महिला नेतृलाई पाखा लगाउँदै छोरी र बुहारीलाई पोलिटब्युरो सदस्य बनाएका छन् प्रचण्डले। 

पार्टी पोेलिटब्युरो गठनको प्रस्तावसँगै सदस्यहरूको सूची वाचन गर्दा दाहाल परिवारबाट चार जना परेका छन्। प्रचण्डसहित भाइ नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगरलाई १२५ सदस्यीय पोलिटब्यूरोमा समाविष्ट गरिएको छ। 

बिहीबार माओवादीको पोलिटब्युरो सदस्य मनोनित भएका प्रचण्डका भाइ नारायण दाहाल।
यसरी परिवारबाट पोलिटब्यूरोमा चार जना अटाइँदा माओवादी द्वन्द्वकालदेखि नै सक्रिय रहेर स्थापित भएका महिला नेतृ अटाउन सकेनन्। दाहालले  आफ्नी छोरी र बुहारीलाई पोलिटब्यूरो सदस्यमा ल्याउँदा माओवादी आन्दोलनमा लागेर दुःख भोगेकी सीता नेपाली भने उनको रोजाइमा परिनन्।  

बिहीबारको बैठकमा अध्यक्ष दाहालले १५६ जना पोलिटब्युरो सदस्य मनोनयनको घोषणा गरेका छन्। यसअघि पोलिटब्युरो १२५ सदस्यीय बनाउने निर्णय भएको थियो। दाहालले १२५ भन्दा पछि नाम रहेकाहरू वैकल्पिक पोलिटब्यूरो सदस्य हुने घोषणा गर्न भ्याइसकेका छन्। 

यसअघि दाहालले दुई पटकसम्म पढेको पोलिटब्यूरो सदस्यको नामावली अन्टसन्ट भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको थियो। दाहालले पोलिटब्युरो सदस्यमा आप्mनै परिवारका ४ जनालाई अटाएपछि माओवादीभित्र घर झगडाको संकेत देखिन थालिसकेका छन्।

पोलिटब्युरो सदस्य बनाउने आधार माग्दै नेता–कार्यकर्ता

माओवादीको केन्द्रीय समिति बैठकमा सहभागीहरु।
अध्यक्ष दाहालले आफूखुसी पोलिटब्यूरो सदस्यको नाम सार्वजनिक गरेपछि बिहीबारको बैठकमा सहभागी माओवादी नेता–कार्यकर्ता नै चकित भए। अध्यक्ष दाहालको गोजी–गोजीमा पोलिटब्यूरोको लिस्ट राखिएको मनलाग्दी गरिएको गुनासोसमेत पोखे।

बैठकमा केन्द्रीय सदस्य नरेन्द्र कुँवरले पोलिटब्युरो सदस्य बनाउने मूल्यांकनको आधार के हो भनेर अध्यक्ष दाहालसमक्ष प्रश्नसमेत गरे। ‘पार्टीमा योगदान गरेका कति कमरेडको नामै छैन। कहिल्यै केही नगरेकाहरूको नाम छ। योगदान गर्नेको यो अवमूल्यन कहिलेसम्म?’  कुँवरले प्रश्न गरेका थिए।  

माओवादी केन्द्रमा दाहालले परिवारवाद घुसाएको घटना यसअघि पनि देखिएका थिए। मन्त्री बनाउँदा, राजदूत नियुक्त गर्दा होस् वा राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा। दाहालले आफ्नै परिवारभित्रकालाई प्राथमिकता दिने गरेका दृष्टान्तको फेहरिस्त लामै छ।

परिवारवादको शृंखला प्रचण्डले राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको कोटामा समेत आफ्ना भाइ नारायण दाहालको नाम सिफारिस गरेपछि सुरु भएको हो। दाहाल पार्टीमा लामो समदेखि क्रियाशील रहे पनि उनले प्रचण्डकै भाइ भएका कारण अवसर पाएको त्यतिबेला माओवादी नेता–कार्यकर्ताको गुनासो सुनिन्थ्यो।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा पनि पार्टीको दबदबा कायमै छ। सोही कारण अखिल क्रान्तिकारी दुई खेमामा टुक्रिएको छ। कुनै कमिटीमा आबद्ध नभएकी प्रचण्डकी नातिनी सृष्टि केसीले अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बन्ने अवसर पाएकी छन्।

अखिल क्रान्तिकारीमा भागबन्डामा पदाधिकारी गठन गरिएपछि त्यसको विरोध गरेका उपाध्यक्ष पवन कार्कीलाई घोक्रेठ्याक लगाएर प्रचण्डकी नातिनीलाई केन्द्रीय सदस्य बनाइएको छ। असन्तुष्ट कार्कीले समानान्तर कमिटी गठन गरिसकेका छन्।

प्रकाशित: Jul 07, 2022| 18:09 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...