सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकियो माओवादी बैठक, पदाधिकारीको टुंगो लागेन

स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै सकियो माओवादी बैठक, पदाधिकारीको टुंगो लागेन

– गत आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार सकिएको छ। स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै बैठक सकिएको हो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– गत आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार सकिएको छ। स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दै बैठक सकिएको हो।

माओवादीले ४१ सदस्यीय स्थायी कमिटी र १५६ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। बैठकले पदाधिकारीको भने टुंगो लगाउन सकेन।

गत पुसमा महाधिवेशन गरेको माओवादीले ६ महिनापछि स्थायी कमिटी र पोलिटब्युरो गठन गरेको हो। पदाधिकारीको रुपमा भने अध्यक्ष प्रचण्डमात्रै छन्। 

पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिइएको छ। केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि अध्यक्षलाई पदाधिकारी चयनको जिम्मा दिइएको हो। बैठकलाई सम्बोधन गर्दै दाहालले पदाधिकारी चयन गर्नका लागि आफूलाई २–४ दिन समय मागेका थिए।

दाहालले भने, ‘मसँग सबै पदाधिकारीको सूची छ। २–४ दिनमा सबैको अनुहार उज्यालो हुने गरी चयन गर्छु।’ आज गठन गरिएको स्थायी समितिका बाँकी सदस्य चयन गर्ने जिम्मा पनि अध्यक्षलाई नै दिइएको छ। ४१ सदस्यीय स्थायी समितिमा पनि १५ जनाको मात्रै नाम टुंगो लागेको छ।

माओवादीमा एक वरिष्ठसहित ६ जना उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी छ। 

प्रकाशित: Jul 07, 2022| 17:40 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...