काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिटब्युरोमा रहनेहरूको नामावली तेस्रो पटक पढेर सुनाएका छन्। यसअघि दुई पटकसम्म प्रचण्डले पढेका नाममा पनि बैठकमा सहभागीहरूले असन्तुष्टि जनाएपछि प्रचण्डले तेस्रो पटक नाम पढेर सुनाएका हुन्।
प्रचण्डले १२५ जना पोलिटब्युरो र त्यसपछि थप २७ जना थपेर १५२ जनाको नाम पढेर सुनाएका हुन्। कमलादीस्थित प्रज्ञा भवनमा जारी माओवादी केन्द्रीय कमिटी बैठकमा पछि थपिएका २७ जना भने वैकल्पिक सदस्य हुने प्रचण्डको भनाय छ। थपिएका २७ जना वैकल्पिक सदस्य भएपनि उनीहरुले बैठकमा भाग लिन पाउने प्रचण्डको भनाइ छ।
प्रचण्डको नयाँ सूचीलाई हलले अनुमोदन गरेको छ। प्रचण्डले दुई पटकसम्म सुनाएका पोलिटब्युरो सदस्यको नाममा विवाद हुँदा रोकिएको केन्द्रीय कमिटी बैठक पुनः सुरु भएको छ।