काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरूको नाममा बखेडा भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव बनाउने प्रस्ताव ल्याएका थिए।
दाहालले पोलिटब्यूरो सदस्यको नाम सुनाउनासाथ कुन मापदण्डका आधारमा प्रस्ताव गरेको भन्दै बैठकमा सहभागी नेताहरूले विरोध गरे।
प्रस्तावित पोलिटब्यूरो सदस्यको कतिपय नाम दोहोरिएपछि दाहालले यसलाई स्थायी कमिटीले फाइनल गर्ने र सर्कुलर पठाइने बताए। हलमा नेताहरूले विरोध जारी राखेपछि दाहालले एक घन्टाका लागि बैठक स्थगित गरेको बुझिएको छ।