सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले गठन गरे पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

प्रचण्डले गठन गरे पोलिटब्युरो, दोस्रो र तेस्रो वरीयतामा नारायणकाजी र महरा

नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरुको नाम बाचन गरेका हुन्। 

पोलिटब्युरोको वरीयतामा अध्यक्ष प्रचण्ड पहिलो नम्बरमा छन्। त्यसपछि दोस्रो र तेस्रोमा क्रमशः नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको नाम छ।

माओवादीले गत पुसमा काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेपनि पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्युरो गठन गर्न सकेको थिएन। त्यसैगरी केन्द्रीय कमिटी पनि पूर्ण गर्न सकेको थिएन।

माओवादी पोलिटब्युरोमा गिरिराजमणि पोखरेल, नारायण दाहाल, हितबहादुर तामाङ, झक्कुप्रसाद सुवेदी, सुरेश राई, शशी श्रेष्ठ, रेखा शर्मा, अञ्जना विशंखे, रामकुमार यादव, अमृता थापा, महेश्वर दाहाल, दिलिप प्रजापति, लेखनाथ न्यौपाने पनि अटाएका छन्। 

त्यसैगरी रामेश्वर राय, गणेश साह, देवेन्द्र पौडेल, ओनसरी घर्ती, दिपेन्द्र पुन, सत्या पहाडी, रेणु दाहाल, केशव नेपाल, युवराज दुलाल, निर्मल आचार्य, अमर तमु, माधव सापकोटा, कुमारी मोक्तान, शक्तिबहादुर बस्नेत, लिलामणि पोखरेल, रामदीप आचार्य, मातृका यादव, शालिकराम जमरकट्टेल, खिमलाल देवकोटा पनि पोलिटब्युरोमा परेका छन्। 


प्रकाशित: Jul 07, 2022| 15:09 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...