आइतबार, असार ७, २०८३

पार्टीभित्र जनयुद्ध लडे/नलडेका सबै बराबर : अध्यक्ष दाहाल

जनयुद्ध लड्ने/नलड्नेबीच लडाइँ हुँदा पार्टी र विचार बन्न नसक्ने दाहालको धारणा।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध लड्ने/नलड्नेबीच विभेद गर्न नहुने बताएका छन्। जारी केन्द्रीय बैठकमा अध्यक्ष दाहालले जनयुद्ध नलड्ने/लड्नेबारे अन्तरविरोध देखिएको प्रसंग सुनाउँदै यस्तो बताएका हुन्।

जनयुद्ध नलड्नेहरू पितल होइनन्। जनयुद्ध लड्नेहरू पनि सुन होइनन्,’ दाहालले भने, ‘जनयुद्ध गर्ने अहंकारी र नलड्नेहरू हामी पो वैचारिक भन्नेहरू छन्।’

जनयुद्ध लड्ने र नलड्नेबीच लडाइँ हुँदा पार्टी र विचार बन्न नसक्ने प्रचण्डको धारणा छ। माओवादीमा तत्कालीन एकता केन्द्र मसालबाट आएका नारायणकाजी श्रेष्ठ समूहमाथि तत्कालीन जनयुद्ध लडेर आएका नेताहरूबाट विभेद हुने गरेको आरोप लाग्दै आएको छ।

प्रकाशित: Jul 07, 2022| 14:16 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...