काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान अर्थमन्त्री जनार्दशन शर्माले कुनै गल्ती नगरेको दाबी गरेका छन्। शर्माले राजीनामा दिनुपर्ने कुनै कारण नभए पनि छानबिनलाई सहज बनाउन मार्ग प्रशस्त गरेको अध्यक्ष दाहालले बताए।
‘यसमा हामी काउन्टर अट्याकमा जाने कुरा पनि होइन। छानबिन प्रक्रियालाई सहज बनाउन राजीनामा दिनु नै सहज हुन्छ भनेर अर्थमन्त्रीले रोस्ट्रमबाट आफ्ना कुरा राखेर पद छाड्नुभएको हो’, अध्यक्ष दाहाले केन्द्रीय समिति बैठकमा भने।
उनले राजीनामा दिएर पार्टीले त्याग, वैधानिक र राजनीतिक पहलकदमीबाट विपक्षीलाई जवाफ दिएको बताए। सरकार र गठबन्धनलाई नै अप्ठेरो पार्ने परिस्थिति देखिएपछि पार्टीले जनार्दनलाई राजीनामा दिन निर्देश गरेको उनको भनाइ छ।