बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

बुढीगंगाको त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाई फायर

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।
 |  बिहीबार, असार २३, २०७९

भीम चौधरी

भीम चौधरी

बिहीबार, असार २३, २०७९

धनगढी- बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ।

National life

 नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको हो।

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि करिब १५ मिनेट मतदान स्थगित भएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बताए।

‘विवाद भएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘अब पुनः मतदानको अवस्था बनेको छ।’

३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार बिहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ। नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।

Laxmi sunrise bank
kumari

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो। यो नेकपा एमालेका नेता कर्णबहादुर थापाको मतदान केन्द्र हो।

प्रकाशित: Jul 07, 2022| 12:53 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।