शनिबार, कात्तिक २२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सुदूरपश्चिममा अनिच्छित गर्भपतनको बढ्दो ग्राफ, तीन वर्षमा ३० हजारले गराए

सुदूरपश्चिममा अनिच्छित गर्भपतनको बढ्दो ग्राफ, तीन वर्षमा ३० हजारले गराए

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा ३० हजार ७० जनाले अनिच्छित गर्भपतन गराएका छन्। सुदूरपश्चिम प्रदेशमा सरकारी, गैरसरकारी तथा निजी गरेर दुई सय ६६ स्थानमा सुरक्षित गर्भपतन सेवा रहेको छ।
 |  बिहीबार, असार २३, २०७९

भीम चौधरी

भीम चौधरी

बिहीबार, असार २३, २०७९

धनगढी- सुदूरपश्चिममा हरेक वर्ष अनिच्छित गर्भपतन गराउनेको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ। 

Kumaribank

आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेशमा ११ हजार ६ सय ५१ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन्। आर्थिक वर्ष ०७७/७८ मा १० हजार ७० महिलाले सुरक्षित गर्भपतन गराएका थिए।

जुन अघिल्लो आर्थिक वर्षभन्दा यो आर्थिक वर्षमा एक हजार पाँच सय ८१ ले बढी हो। आर्थिक वर्ष २०७६/०७७ मा ९ हजार पाँच सय ४० महिलाले सुरक्षित गर्भपतन गराएका थिए। 

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा ३० हजार ७० जनाले अनिच्छित गर्भपतन गराएका छन्।

सुदूरपश्चिम प्रदेशमा सरकारी, गैरसरकारी तथा निजी गरेर दुई सय ६६ स्थानमा सुरक्षित गर्भपतन सेवा रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सुरक्षित गर्भपतनका लागि औषधी दिनसक्ने एक सय ८६ जना स्वास्थ्यकर्मी, सामान्य स्वास्थ्य उपकरण प्रयोग गरेर गर्भपतन गराउन सक्ने ४८ स्वास्थ्यकर्मी र शल्यक्रिया गरेर गर्भपतन गराउन सक्ने दक्ष जनशक्ति दुई जना मात्र रहेका छन्। 

Metro Mart

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. जगदीश जोशीले सामाजिक विकास मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयले आगामी वर्षबाट सुरक्षित गर्भपतन सेवा सबै जिल्लामा विस्तार गर्ने उद्देश्य रहेको बताए। उनले भने, ‘स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति उपलब्ध गराउनु र जिल्ला अस्पतालमा विशेषज्ञसहितको सुरक्षित गर्भपतन सेवा विस्तार गर्ने योजना छ।’

यो सरकारी तथ्यांक भएको र असुरक्षित गर्भपतन गराउनेको संख्या अझै धेरै हुनसक्ने चिकित्सकहरूले बताएका छन्।

प्रकाशित: Jul 07, 2022| 12:28 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।