सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने सम्भावना कति?

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने सम्भावना कति?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीबार बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। गत आइतबारदेखि जारी बैठकमा मंगलबार र बुधबार भने स्थगित भएको थियो।

मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिए पनि बुधबारको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन समिति गठन, संसद बैठकलगायतले बिहीबारका लागि सारिएको थियो। 

प्रज्ञा भवन कमलादीमा हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आइतबार र सोमबार केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्।

यस्तै, पूर्वस्थायी समितिले दिएको जिम्मेवारीअनुसार अध्यक्ष प्रचण्डले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी छ।

यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव थियो। 

प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन्। उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरूको नाम प्रस्ताव गर्ने भएका छन्। 

२०७८ पुस १८ गते महाधिवेशन सकिएको भए पनि त्यसयताको ६ महिनासम्म माओवादीले अध्यक्ष बाहेक पदाधिकारी छान्न सकेको छैन। प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन्।

प्रकाशित: Jul 07, 2022| 08:00 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...