सोमबार, साउन २५, २०८३

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधबार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधबार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। 

राजदूतावास दोहामा आयोजित कार्यक्रमबीच राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीले स्वागत गरेका थिए।

कार्यक्रममा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। 

राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीलाई स्वागतका लागि धन्यवाद व्यक्त गरेका थिए। उनले दूतावासको सेवा प्रवाहलाई आवश्यकता अनुरूप थप चुस्त बनाउने र नेपाल कतार सम्बन्धका विविध आयाममा उपलब्ध सम्भावनालाई नेपाल र नेपालीको हितका लागि उपयोग गर्ने दिशामा आफ्ना प्रयासहरू केन्द्रित रहने बताए।

प्रकाशित: Jul 07, 2022| 07:20 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...