सोमबार, साउन २५, २०८३

गगन थापाको दृष्टिमा प्रचण्ड 'स्मार्ट प्लेयर', ओली 'स्ट्रङ लिडर'

अन्तर्वार्तामा उनले एमाले अध्यक्ष केपी शर्मा ओली स्ट्रङ लिडर तर अवसर प्रयोग गर्न चुकेका नेताका रूपमा चित्रण गरे।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 'स्मार्ट प्लेयर' (राजनीतिको चुस्त खेलाडी) भएको बताएका छन्। कान्तिपुर टेलिभिजनमा अन्तर्वार्ता दिँदै महामन्त्री थापाले यस्तो बताएका हुन्। 

अन्तर्वार्तामा उनले एमाले अध्यक्ष केपी शर्मा ओली 'स्ट्रङ लिडर' तर अवसर प्रयोग गर्न चुकेका नेताका रूपमा चित्रण गरे। कांग्रेस नेता शेखर कोइराला चाहिँ दलभित्रको प्रतिपक्षी दलको नेताजस्तो भएको गगनको भनाइ छ। रामकुमारी झाँक्री केही गरौँ भन्ने हुटहुटी भएकी नेताका रूपमा गगनले चित्रण गरे। 

काठमाडौं महानगरका मेयर बालेन शाहमाथि युवाले सम्भावना देखेको र उनी प्रवृत्तिका रूपमा उदाएका नेता भएको गगनको भनाइ छ। 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने 'राम्रो काम गरौँ' भन्ने 'सतमन भएको नेता' भएको उनको भनाइ छ। पार्टीका नेता कृष्णप्रसाद सिटौलामा कुनै पनि समस्या समाधान गर्न सक्ने योग्यता रहेको उनको भनाइ छ। 

गगनले आफूले पार्टीका पूर्वसभापति कृष्णप्रसाद भट्टराईसँग राजनीतिक गतिविधिमा खासै संगत गर्न नभएको बताएका थिए। नेता थापाले गिरिजाप्रसाद कोइराला 'भिजनरी' नेता भएको उल्लेख गरेका थिए। 

प्रकाशित: Jul 06, 2022| 22:32 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...