आइतबार, असार ७, २०८३

३ महिनामा ३ निर्वाचन गराउने आयोगको तयारी

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाएको छ। सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा माघभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने आयोगको तयारी रहेको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाएको छ। सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेमा माघभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गराउने आयोगको तयारी रहेको छ। 

National life

आयोगका पदाधिकारीहरुले बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मितिका विषयमा परामर्श दिएका छन्। आगामी २ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रस्ताव गरेको आयोगले थप ३ महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्पन्‍न गर्ने प्रस्ताव गरेको छ।

आयोगले अहिले २२ मंसिरअघि नै निर्वाचन सकेर पुस मसान्तभित्र सबै नतिजा सार्वजनिक गर्ने र माघभित्रै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने जनाएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय (प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु), प्रदेश सभाका सबै सदस्यहरु मतदाता हुन्छन्। 

अघिल्लो पटक १० चैत २०७४ मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भएको थियो। राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मंसिर १० र २१ मा दुई चरणमा भएको थियो। प्रत्यक्षतर्फको परिणाम केही दिनमा आए पनि समानुपातिकतर्फको सिट बाँडफाँट माघ अन्तिममा भयो भने २० फागुनमा सांसदहरुले शपथ लिएका थिए । त्यसैले प्रतिनिधिसभाको कार्यकाल कहिलेदेखि सुरु हुने भन्ने प्रश्न उठेको छ।

Shivam cement

५ वर्षे कार्यकाल मंसिरमा सकिने भएकाले मंसिरमै चुनाव गर्नुपर्ने निष्कर्षका साथ आयोगले मंसिर २ गतेको मिति प्रस्ताव गरेको छ र, १२० दिन समय राखेर मिति घोषणा गर्न आग्रह गरेको छ।

प्रधानमन्त्री देउवाले भने मिति घोषणाका क्रममा एक/दुई दिन तलमाथि भए अन्यथा नलिन आग्रह गरेका छन्। निर्वाचन आयोगका पदाधिकारीहरुले भने निर्वाचनलाई ५ मंसिरभन्दा पछाडि नलैजान ध्यानाकर्षण गराएका छन्।


प्रकाशित: Jul 07, 2022| 06:00 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...