सोमबार, साउन २५, २०८३

संसद्‍मा गणपूरक संख्या नपुग्दा मन्त्रीले प्रस्ताव गर्नै पाएनन्

प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न संसदको गणपुरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- बुधबारको प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुग्दा मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो। 

प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न संसदको गणपुरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। 

‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा ३ मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरुको संख्या ६५ रहेकोले उक्त गणपूरक संख्या अपुग भएको देखिएकोले यो बैठक १५ मिनेटको लागि स्थगित हुन्छ,’ उनले भने। 

सभामुख सापकोटाले निर्णयार्थ प्रश्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गन्न माग गरे। प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ। 

प्रकाशित: Jul 06, 2022| 18:59 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...