सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रा कार्यकर्तालाई १० लाख धरौटी तोक्ने! न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ : विप्लव

हाम्रा कार्यकर्तालाई १० लाख धरौटी तोक्ने! न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ : विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले न्यायाधीशलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले न्यायाधीशलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका छन्। जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्ने उनले बताएका हुन्। 

‘एमसीसीविरुद्ध हामी टाउको फुटुन्जेल लड्यौं। हामीले त हात भाँचिउन्जले लड्यौं। खुट्टा भाँचिउन्जेल लड्यौं। हाम्रा साथीहरु जेल पर्नु भयो,' उनले भने, 'धरौटी पनि कति माग्ने? १० लाख माग्ने क्या! एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी तोक्ने न्यायाधीश को हो? एउटा पढिरहेको विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को हो? यिनको त घरघर गएर थुतेर कुट्नुपर्छ क्या यिनलाई।’


प्रकाशित: Jul 06, 2022| 18:23 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...