आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिन सहमति जुटेको छ : राजेन्द्र महतो

जन्मसिद्धका छोराछोरीलाई नागरिकता दिन सहमति जुटेको छ : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन्। 

National life

बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन्। संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लागि पारित गर्न सरकार सहमत भएको उनले उल्लेख गरे। नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाई छ। 

‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ। त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरुको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ। यो सम्भव छ, भइहाल्छ,’ महतोले भने। 

संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिबद्धता जनाएको उनको भनाइ छ। 

प्रकाशित: Jul 06, 2022| 16:07 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...