सोमबार, साउन २५, २०८३

अर्थमन्त्रीबारे छानबिन गर्न विशेष संसदीय समिति गठन

अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न संसदीय समिति गठन भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा  समिति गठनको प्रस्ताव गरेका हुन्। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको छ। 

संसदीय छानबिन विशेष समिति नाम दिइएको उक्त समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन्।

दिउँसो २ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा वा बर्खास्ती माग गर्दै बैठक अवरुद्ध गर्ने बताएपछि बैठक बस्न ढिलो भएको हो।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो दुई बजेका लागि सारिएको थियो।
प्रकाशित: Jul 06, 2022| 16:04 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...