सोमबार, साउन २५, २०८३

अर्थमन्त्री विवाद : सरेको समयमा पनि बस्न सकेन प्रतिनिधिसभाको बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने अडान राखेपछि संसद् बैठक प्रभावित भएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने अडान राखेपछि संसद् बैठक प्रभावित भएको छ। अर्थमन्त्रीले राजीनामा दिनुपर्ने वा उनलाई बर्खास्त गर्नुपर्ने माग एमालेको छ। त्यसपछि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने एमालेको माग छ। 

यी माग पूरा नभए एमालेले बैठक अवरुद्ध गर्ने भएपछि बैठक बस्न नसकेको हो। आज बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो ३ बजेका लागि सारिएको थियो। तर साढे दुई बजिसक्दा पनि बैठक सुरु भएको छैन। 

अर्थमन्त्रीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा भने सत्तारुढ दलहरु सहमतिमा पुगेका छन्। एमालेको अडान भने राजीनामा वा बर्खास्ती भन्ने छ। 


प्रकाशित: Jul 06, 2022| 14:31 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...