सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठनका लागि दलहरूबीच सहमति जुट्यो

अर्थमन्त्रीबारे संसदीय छानबिन समिति गठनका लागि दलहरूबीच सहमति जुट्यो

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपबारे छानबिनका लागि संसदीय समिति गठन गर्न दलहरु सहमत भएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोपबारे छानबिनका लागि संसदीय समिति गठन गर्न सत्तारुढ दलहरु सहमत भएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मन्त्रीको राजीनामा वा बर्खास्तीसहित संसदीय छानबिन हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्ने भएपछि छानबिन समिति गठनको सहमति जुटेको हो।

आज बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक ३ घण्टाका लागि स्थगित गरेर दलका नेताहरु छलफलमा जुटेका थिए। आज  दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नै संसदीय छानबिन समिति गठनको तयारी भइरहेको बताइएको छ। समितिमाबस्ने सांसदहरूको नाम सबै दलसँग मागिएको संसद् सचिवालयको भनाइ छ।

प्रमुख प्रतिपक्षी एमालेले भने अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने नभए बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राजीनामा वा बर्खास्ती नभएसम्म संसद् चल्न नदिने बताएका छन्। उनले अर्थमन्त्रीबाट शर्मा हटेपछि मात्र संसदीय समितिले छानबिन गर्नुपर्ने माग गरेका छन्।


प्रकाशित: Jul 06, 2022| 13:55 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...