आइतबार, असार ७, २०८३

माओवादी केन्द्रीय समिति बैठक आज पनि स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधबार पनि नबस्ने भएको छ। आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि बिहान ११ बजे बस्ने गरी सारिएको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधबार पनि नबस्ने भएको छ। आज दिउँसो १ बजेका लागि निर्धारित बैठक भोलि बिहान ११ बजे बस्ने गरी सारिएको हो।

National life

गत आइतबार सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि हिजो नै प्रचण्डले जवाफ दिने कार्यक्रम थियो। तर पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोलगायत पार्टी संरचनाको विषयमा छलफल गर्न भन्दै बैठक स्थगित गरिएको थियो।

यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो। यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव थियो। छलफलपछि बैठकले यसबारे प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको छ।

प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन्। उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरूको नाम प्रस्ताव गर्ने भएका छन्। 

२०७८ पुस १८ गते महाधिवेशन सकिएको भए पनि त्यसयताको ६ महिनासम्म माओवादीले अध्यक्ष बाहेक पदाधिकारी छान्न सकेको छैन। प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन्।

Shivam cement

प्रकाशित: Jul 06, 2022| 13:22 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...