सोमबार, साउन २५, २०८३

प्रतिनिधिसभा बैठक दुई बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ। आज बिहान ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको थियो। सोही कारण बैठक बस्न नसकेको हो। अहिले मन्त्रीहरू अर्थमन्त्री प्रकरणमा एमाले नेताहरूसँगको छलफलमा छन्।

बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द शर्मा कोइराला, कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायत सहभागी रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।



प्रकाशित: Jul 06, 2022| 13:06 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...