सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्री विवादको असर संसद्‍मा, डेढ घण्टा बित्दा पनि सुरु हुन सकेन बैठक

अर्थमन्त्री विवादको असर संसद्‍मा, डेढ घण्टा बित्दा पनि सुरु हुन सकेन बैठक

बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक मध्यान्ह साढे १२ बजिसक्दा पनि सुरु भएको छैन।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक मध्यान्ह साढे १२ बजिसक्दा पनि सुरु भएको छैन। बैठक रोकेर अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा सबै दलका प्रतिनिधिहरुबीच छलफल भइरहेको छ।

छलफलमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द शर्मा कोइराला, कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङलगायत सहभागी रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो। सोही माग राखेर एमालेले बैठक अवरुद्ध गर्ने भएपछि बैठक सुरु हुन नसकेको हो। 

अर्थमन्त्री शर्माले आजको बैठकमा आफ्नो धारणा राख्न चाहेको बताइएको छ।

प्रकाशित: Jul 06, 2022| 12:36 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...