आइतबार, असार ७, २०८३

संसद्‍मा अर्थमन्त्रीलाई बोल्न नदिने एमाले तयारी

एमालेले संसद् बैठकमा नाराबाजी र रोस्ट्रमै घेरेर अर्थमन्त्री शर्माको जवाफ दिने प्रक्रिया अवरुद्ध गर्ने भएको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा एमालेले बजेट कर हेरफेरमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई संसद्मा आफ्ना कुरा राख्न अवरोध गरिने बताएको छ। एमालेले संसद् बैठकमा नाराबाजी र रोस्ट्रमै घेरेर अर्थमन्त्री शर्माको जवाफ दिने प्रक्रिया अवरुद्ध गर्ने भएको हो।

National life

गत असार १४ को मध्यराती अर्थमन्त्री शर्माले बजेट निमार्णका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा आप्mना धारणा राख्न तयारी गरिरहेका बेला एमालेले कुनै पनि प्रस्टीकरण नसुन्ने भएको हो।

‘बजेटजस्तो संवेदनशील विषयमा जसरी अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई प्रवेश गराउनुभयो, त्यसले राष्ट्रको शिर निहुरिएको छ,’ प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘राज्यका लागि अपराध गरेको दण्डनीय व्यक्तिको धारणा हामीले सुन्नु छैन, हामी सुन्दैनौं।’

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीले रोष्ट्रममा उभिएर अर्थमन्त्रीले धारणा राख्न खोजेको अहिलेसम्म जानकारी नदिएको जनाउँदै जबर्जस्ती गर्न खोजिए प्रतिकार गरिने उनले चेतावनी दिए। ‘अर्थमन्त्रीले संसद्मा बोल्ने विषयमा सभामुख कसरी प्रस्तुत हुनुहुन्छ, त्यसअनुसार हाम्रो रणनीति हुन्छ। विरोध तथा वहिष्कार दुवै हुन सक्छ,’ उनले भने।

भट्टराईका उनका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने तथा संसदीय छानबिन गर्नुपर्ने माग पूरा नहुन्जेल एमालेको विरोध जारी रहनेछ।

Shivam cement

प्रकाशित: Jul 06, 2022| 12:16 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...