सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अनेरास्ववियू जनप्रशासन क्याम्पसका अध्यक्षविरुद्ध विद्यार्थीको उजुरी

अनेरास्ववियू जनप्रशासन क्याम्पसका अध्यक्षविरुद्ध विद्यार्थीको उजुरी

अनेरास्ववियू जनप्रशासन क्याम्पस कमिटीको अध्यक्ष धर्मराज तिमिल्सिनाविरुद्ध पाँच जना विद्यार्थीले उजुरी दिएका छन्। क्याम्पसमा अनेक बहानामा केटीहरूलाई छुने गरेको भन्दै विद्यार्थीहरूले उजुरी दिएका हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- अनेरास्ववियू जनप्रशासन क्याम्पस कमिटीको अध्यक्ष धर्मराज तिमिल्सिनाविरुद्ध पाँच जना विद्यार्थीले उजुरी दिएका छन्। क्याम्पसमा अनेक बहानामा केटीहरूलाई छुने गरेको भन्दै विद्यार्थीहरूले उजुरी दिएका हुन्।

तिमिल्सिनाले ‘के छ बहिनी भन्दै नजिकिन खोज्ने, हात मिलाउने, अंगालो हाल्ने, ‘ब्याड टच’ गरेको भन्दै क्याम्पसमा उजुरी परेको क्याम्पस प्रमुख हरिभक्त शाहीले पुष्टि गरे। उनकाअनुसार पाँच जना विद्यार्थीको हस्ताक्षरसहित क्याम्पसमा दुई दिनअघि नै उजुरी परेको हो।

घटनाको छानबिन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको शाहीले बताएका छन्। ‘उपप्राध्यापक राधादेवी घिमिरेको अध्यक्षतामा कमिटी गठन भएको छ। खास पीडितहरूले अझै बोल्न नसकेको भन्ने कुरा आएको छ। अब भिडियो र अन्य प्रमाण जुट्ने कुराहरू हेरेपछि अझै थप कुरा आउला,’ उनले नेपाल समयसँग भने।

प्रकाशित: Jul 06, 2022| 11:41 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...