सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्ष भन्छन्- अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्ष भन्छन्- अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ

राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिनुपर्ने बताएका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- राष्ट्रिय योजना आयोगका ६ पूर्व उपाध्यक्षले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिनुपर्ने बताएका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिर्वतन गरेको गम्भीर आरोप लगाउँदै उनीमाथि छानबिन गर्न माग गरेका हुन्।

उनीहरूले बजेट निर्माणमा उठेका प्रश्नको छानबिन गरेर जनतालाई सही सूचना दिनुपर्ने धारणासमेत सार्वजनिक गरेका छन्।

योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा. पृथ्वीराज लिगल, डा. जगदिशचन्द्र पोखरेल, युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, प्रा.डा. गोविन्दराज पोखरेल र प्रा. डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

बजेट निर्माणमा अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयका एक पूर्व नासुलाई अनधिृकत रुपमा प्रवेश गराएर करको दर परिर्वतन गराएको आरोप लाग्दै आएको छ।

विवाद बढेसँगै सीसीटीभी फुटेज सार्वजनिक हुनपर्ने आवाज उठेपछि अर्थ मन्त्रालयले उक्त फुटेज १३ दिन भएपछि मेटिएको दाबी गरेको थियो। प्रमुख प्रतिपक्ष नेकपा एमाले, नागरिक समाज र सत्ता पक्षका दलहरूले नै अर्थमन्त्री शर्माको राजीनामा माग गरिरहेका छन्।


प्रकाशित: Jul 06, 2022| 11:21 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...