सोमबार, साउन २५, २०८३

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाऔं : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। 

सामाजिक सब्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गरिनुपर्ने उनले बताए।

जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने उनको धारणा छ। अर्थमन्त्री शर्माको नाम नलिएर खड्काले लागेका आरोपबारे यथार्थ कुरा सार्वजनिक गरिनुपर्ने बताएका हुन्।

'बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ’, उनले भनेका छन्, ‘विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगो लगाऊँ।’

प्रकाशित: Jul 06, 2022| 11:15 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...