आइतबार, असार ७, २०८३

अर्थमन्त्रीमाथि छानबिन गर्न आजै समिति बनाऔं : उपसभापति खड्का

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरेका हुन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विषयमा जारी विवाद आजै संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने बताएका छन्।

National life

उनले सामाजिक सञ्जालमार्फत अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गरेका हुन्।

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेका छन्। उनको राजीनामा माग भइरहेको छ। यसै सन्दर्भमा कांग्रेस उपसभापति खड्काले अर्थमन्त्री शर्माको नाम नलिईकन उनीबारे लागेका आरोपबारे यथार्थ कुरा सार्वजनिक गर्न माग गरेका हुन्। 

'बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ', उपसभापति खड्काले बुधबार बिहान ट्विट गरेका छन्, 'विगतमा पनि संसदको यस्तो परम्परा छ। बरु ढिलो नगरौं आजै टुंगो लगाऊँ।' 

अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिहरू प्रवेश गराई बजेटमा करको दर हेरफेर गरेको आरोप छ।

Shivam cement

यसअघि कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए। अर्थमन्त्रीले राजीनामा स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले अर्थमन्त्रीबाट हटाउनुपर्ने थापाको भनाइ थियो।


प्रकाशित: Jul 06, 2022| 10:05 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...