सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर मंसिर २ मा चुनाव तोक्न सुझाव दिने

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर मंसिर २ मा चुनाव तोक्न सुझाव दिने

निर्वाचन आयोगले मंसिर २ मा संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- निर्वाचन आयोगले मंसिर २ मा संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ। 

बुधबार आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरूले समय लिइसकेका बताइएको छ।

आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ। आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ।

छिटफुट घटनाबाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रदेशसभा निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेका हो। यसरी एकै चरणमा निर्वाचन गर्दा समय र खर्च बचन हुने आयोगको ठहर छ।

प्रकाशित: Jul 06, 2022| 07:50 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...