आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आज केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कति?

आज केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी टुंग्याउने सम्भावना कति?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। मंगलबारसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। मंगलबारसम्म बस्ने भनिएको बैठक आज १ बजेसम्मका लागि स्थगित गरिएको थियो।

National life

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू पदाधिकारी चयनको गृहकार्यमा लागेपछि हिजोको बैठक स्थगित गरिएको थियो। 

यसअघि पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। 

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्य बैठकले पार्टीका पदाधिकारीसहित बाँकी रहेका कमिटी टुंग्याउनेबारे ठोस प्रस्ताव ल्याउने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा नेताहरुले पदाधिकारी तथा कमिटीहरु समयमा नटुंग्याए नराम्रो सन्देश जाने भन्दै छिटो टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए। 

Shivam cement

यसका लागि अध्यक्षले ठोस प्रस्ताव ल्याउनुपर्ने नेताहरुको सुझाव थियो। छलफलपछि बैठकले यसबारे प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिएको छ।

प्रचण्डले पदाधिकारीलाई पूर्णता दिने तयारी गरेका छन्। उनले स्थायी कमिटी समेत गठन गर्ने तयारी गरेको बताइएको छ। त्यसका लागि उनले नेताहरूको नाम प्रस्ताव गर्ने भएका छन्। 

मंगलबार खुमलटारमा बसेको केन्द्रीय काार्यालय बैठकले संगठनको ठोस प्रस्ताव बनाउने जिम्मा प्रचण्डलाई दिएको प्रेस संयोजक रमेश मल्लले जानकारी दिए।

२०७८ पुस १८ गते महाधिवेशन सकिएको भए पनि त्यसयताको ६ महिनासम्म माओवादीले अध्यक्ष बाहेक पदाधिकारी छान्न सकेको छैन। प्रचण्ड यतिबेला पदाधिकारी टुंगो लगाउन ‘होमवर्क’मा जुटेका छन्।

आइतबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा सदस्यहरुले पदाधिकारी टुंगो लगाउन दबाब दिएसँगै प्रचण्ड त्यसको होमवर्कमा जुटेका हुन्। यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्युरो पनि टुंग्याउन छलफल गरिरहेका छन्। प्रचण्डले सहमति जुटाउनकै लागि भनेर मंगलबारको बैठक स्थगित गरेका थिए।

आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।

प्रकाशित: Jul 06, 2022| 07:04 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...