आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थमन्त्रीमाथि राजीनामा दबाब, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार

अर्थमन्त्रीमाथि राजीनामा दबाब, प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटार

अर्थमन्त्री जनार्दन शर्मामाथि पदबाट राजीनामा दिन दबाब भइरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउलालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मामाथि पदबाट राजीनामा दिन दबाब भइरहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउलालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्।

National life

प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड मंगलबार बेलुकी बालुवाटार पुगेको बताइएको छ। भेटका क्रममा अर्थमन्त्रीका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटका क्रममा लामो संवाद भएको बताइएको छ। तर, उनीहरूबीच कुन-कुन विषयमा छलफल भयो भन्ने कुरा बाहिरिएको छैन।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर जथाभावी करका दर फेरेको भन्दै शर्मामाथि राजीनामा दबाब परेको हो।

यही प्रकरणको सीसीटीभी फुटेज पनि कानुनविपरीत १३ दिनमै डिलिट भएको जवाफ दिएपछि शर्माको थप विरोध भइरहेको छ। कानुनतः सार्वजनिक तथा सरकारी स्थानमा राखिएको सीसीटीभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नु पर्ने नियम भए पनि अर्थमन्त्रालयमा राखिएको सीसीटीभी फुटेज १३ दिनमै डिलिट भएको जवाफ शर्माले दिएका थिए।

Shivam cement

मंगलबार साझ नै अर्थमन्त्री शर्माले पनि प्रधानमन्त्री देउवालाई भेटेका थिए। प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटका क्रममा भएको कुरालाई पनि सार्वजनिक गरिएको छैन।

प्रकाशित: Jul 06, 2022| 06:32 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...