काठमाडौं- सरकारले प्रतिनिधिसभामा नयाँ नागरिकता विधेयक दर्ता गराउने तयारी गरेको छ। ४ वर्षसम्म संसदले काम गरेको नागरिकता विधेयक फिर्ता लिने निर्णयपछि सरकारले नयाँ विधेयक बुधबार संसदमा दर्ता गर्ने तयारी गरेको हो।
विधेयक बुधवार प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको एक मन्त्रीको भनाइ छ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले २०७५ साउन २२ गते संसदमा दर्ता गराएको नागरिकता विधेयकलाई फिर्ता लिने निर्णय गरेको थियो। उक्त विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गरी बहुमतले पारित गरी प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस भएको थियो।