आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनरुपी विमान आकाशमै सुरक्षित छ, अहिले अवतरण गरे देश दुर्घटनामा जान्छ : कांग्रेस उपसभापति गुरुङ

गठबन्धनरुपी विमान आकाशमै सुरक्षित छ, अहिले अवतरण गरे देश दुर्घटनामा जान्छ : कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने तर्क गरेका छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने तर्क गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व. नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले गठबन्धन रुपी विमान आकाशमै रहेकोले सुरक्षित अवतरण नगरे दुर्घटनातर्फ जाने बताए। आगामी मंसिरपछि मात्रै सम्भवतः गठबन्धनरुपी विमानले सुरक्षित अवतरण गर्ने उनले बताए। उनले संविधानको रक्षा गर्नका लागि गठबन्धन सरकार बनेको र बीच बाटोमा पुगेर दलहरुले एकअर्काप्रति आरोपप्रत्यारोप गर्नु नहुने बताए। जहाजबाट प्यारासुट जम्प गर्दा दुर्घटना निम्तिने उनले बताए। उपसभापति गुरुङले गठबन्धन दलहरुले कांग्रेस  इमान्दार भएन भनेर झगडा गर्दा संविधान नजोगिने बताए।

उपसभापति गुरुङले गठबन्धनभित्र नै एक दलले अर्को दललाई आरोप लगाउँदा अपरिपक्व राजनीतिज्ञले देश सञ्चालन गरेको पुष्टि हुने दाबी गरे। उनले सधैं देश गरिब बनाएर काम गर्नु नहुने भन्दै सरकार सञ्चालनकर्ताले मुलुक र व्यवस्थालाई समृद्धिसँग जोड्ने अर्जुनदृष्टि राख्न आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित: Jul 05, 2022| 12:11 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...