आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाए

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीले आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाए

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचनका बारेमा छलफल गर्न प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका पदाधिकारीहरुलाई आफ्नो निवासमा बोलाएका छन्।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचनका बारेमा छलफल गर्न प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयोगका पदाधिकारीहरुलाई आफ्नो निवासमा बोलाएका छन्।

National life

छलफल बालुवाटारमा आज अपराह्न ४ बजे हुने बताइएको छ। संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोगले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा आयोग पुगेको छ। त्योभन्दा ढिलो गरे हिमाली भेगमा निर्वाचन गराउन कठिन हुने आयोगको भनाइ छ।

आयोगले केही दिनअघि सुरक्षा निकायका प्रमुखहरुसँग पनि निर्वाचनबारे छलफल गरेको थियो। छलफलपछि एकै चरणमा निर्वाचन गर्न सकिने मनस्थितिमा आयोग पुगेको छ। 

सामान्यतयाः निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्छ। केही दिनअघि पनि निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवासँग निर्वाचनको मिति घोषणााका बारेमा अनौपचारिक छलफल गरेका थिए। त्यसक्रममा प्रधानमन्त्रीले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएका थिए।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणा हुने अपेक्षा गरेको छ। मिति घोषणा भएलगत्तै आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्नेछ र लगत्तै दलहरुलाई समानुपातिक उम्मेदवारहरुको सूची पेश गर्न समय दिइनेछ।

Shivam cement

निर्वाचन आयोगले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गरिरहेको छ। निर्वाचनको मिति घोषणा हुनासाथ मतदाता नामावली संकलन रोक्नुपर्छ।

प्रकाशित: Jul 05, 2022| 10:42 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...