सोमबार, साउन २५, २०८३

तीन विषयमा छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।
 |  मंगलबार, असार २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २१, २०७९

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक मंगलबार दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ।

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राखेका हुन्। 

कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनीत गरेका छैनन्। विधानअनुसार छ महिनाभित्र मनोनीत गरिसक्नुपर्छ।

प्रकाशित: Jul 05, 2022| 07:35 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...