आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्रीले जघन्य अपराध गरे : प्रदीप ज्ञवाली

सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्रीले जघन्य अपराध गरे : प्रदीप ज्ञवाली

‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,' ज्ञवालीले भने, 'यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धी प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो।'
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले अक्षम्य अपराध गरेको एमालेले आरोप लगाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले बजेट बनाउने बेला अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटीभी फुटेज डिलिट गराएर जघन्य अपराध गरेको आरोप लगाएका हुन्। 

National life

सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकीर समेत गरे। उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानवीन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे। 

‘वास्तवमा यो दोहोरो अपराध हो। बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरुको उपस्थितिमा करका दरहरुको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो,' ज्ञवालीले भने, 'यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सिसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो।'

अपराधमा संलग्न अर्थमन्त्रीलगायत उनको टिममाथि अविलम्ब छानबिन गरी कारबाहीको दायरामा ल्याउनसमेत एमालले माग गरेको छ। 'फुटेज डिलिट भएको भन्ने तथ्यहरु बाहिर ल्याएर वास्तवमा यसमा गम्भीर घोटाला र अनियमितता भएको छ तथ्य अर्थ मन्त्रालयले पुष्टि गरेको छ,' उनले थपे, 'यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भीर विषयहरु उठिसकेपछि फुटेज सार्वजनिक गरेर यस सम्बन्धि उठेका अन्यौलहरुलाई क्लिएर गर्नेतिर लाग्दथ्यो। त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ। जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ।’

उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सीसीटीभी फुटेज पनि डिलिट गरेको आरोप लगाएका हुन्। 

Shivam cement

प्रकाशित: Jul 04, 2022| 19:54 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...