सोमबार, साउन २५, २०८३

तीन नयाँ मन्त्रीले लिए राष्ट्रपतिसमक्ष सपथ

सपथ लिने मन्त्रीत्रयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– जनता समाजवादी पार्टीबाट नियुक्त भएका तीन जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।

शीतलनिवासमा राष्ट्रपतिसमक्ष सपथ लिने मन्त्रीत्रयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन्।

सत्ता साझेदार जसपाले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनै जना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सोमबार नै तीन जनालाई मन्त्री पदमा नियुक्त गरेकी थिइन्।

यसअघि जसपामा भौतिक पूर्वाधारमन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आएका थिए।

सपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।


प्रकाशित: Jul 04, 2022| 17:49 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...