शुक्रबार, साउन १, २०८३

युभेन्ट्ससँगको २५ बर्षे यात्रा टुङ्ग्याउदै मार्चिसिओ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटाली- इटालीयन मिडफिल्डर क्लाउडिओ मार्चिसिओले युभेन्ट्स छोडेका छन्। उनले क्लबसँगको २५ बर्षीय आफ्नो यात्रालाई समाप्त गरेका हुन्। ३२ बर्षीय मार्चिसिओ र क्लब यस बिषयमा सहमत भएको खुलेको छ । तर, मार्चिसिओको अनुबन्ध युभेन्ट्समा २०२० सम्म को थियो।

युभेन्ट्सले आफ्नो वेबसाइटमा लेखेको छ, ‘त्यो कुरालाई पछ्याउनु मार्चिसिओका लागि राम्रो होला जो जर्सी उनी भविष्यमा लगाउन चाहन्छन्।’टुरीनमा हुर्केका खेलाडी मार्चिसिओले अप्रिल २०१६ मा आफ्नो खुट्टाको चोटको सामना गर्नु परेको थियो। त्यती बेला उनी छ महिना मैदान बाहिर बसेका थिए। 

उनले पछिल्लो सिजन युभेन्ट्सबाट २० खेल खेले। मार्चिसिओले आफ्नो ट्वीटमा तस्बीर सार्वजनीक गर्दै खेलेका छन्, ‘म यो तस्बीर हेर्न छोड्ने छैन्। किनकी यसमा एक व्यक्तीको आफ्नो फुटबल जिवनको बारेमा लेखेको छ । म यो जर्सीलाई यो कुराले माया गर्छु र मलाई विश्वास छ की रहरेक समय टिमको राम्रो पहिले आउने छ।’

उनले कालो र सेतो जर्सी लगाउदै युभेन्ट्समा २५ बर्ष बिताए। उनी सात बर्षको छदा युटेन्ट्समा भित्रियका थिए। उनले हजारौ समर्थकका साथ २५ बर्ष एउटै जर्सी लगाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।