आइतबार, असार ७, २०८३

आज पनि बस्दै माओवादी केन्द्रीय समिति बैठक बस्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।

National life

काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको छ। आइतबारको बैठकले तीन सय ७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ।

त्यस्तै, ८६ वैकल्पिक केन्द्रीय सदस्य पनि टुंगिएका छन्। केही केन्द्रीय विभागका सदस्यको पनि टुंगो लागेको छ। अब माओवादी पदाधिकारी चयन गर्न बाँकी छ।

आइतबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसमाथि प्रदेश इन्चार्जहरुले बोलेका थिए। उनीहरुले प्रदेशको रिपोर्टिङ गरेका थिए। आज पनि त्यसमाथि छलफल हुने जनाएको छ।

प्रकाशित: Jul 04, 2022| 07:52 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...