आइतबार, असार ७, २०८३

कांग्रेस पदाधिकारी बैठक मंगलबार

नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ।

National life

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ।

कांग्रेसले स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ। कांग्रेसमा हाल सभापति, वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १४ पदाधिकारी छन्, कोषाध्यक्ष भने मनोनीत हुन बाँकी छ।



Shivam cement

प्रकाशित: Jul 03, 2022| 22:26 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...