शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगञ्‍ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी, जनशक्ति ३८ प्रतिशतमात्रै

वीरगञ्‍ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी, जनशक्ति ३८ प्रतिशतमात्रै

मधेश प्रदेशमा रहेको वीरगञ्‍ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ। डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- मधेश प्रदेशमा रहेको वीरगञ्‍ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ। डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। सो अवसरमा महानगरपालिकाको आर्थिक, सामाजिक, शैक्षिक र पूर्वाधारलगायत विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र सार्वजनिक गरिएको महानगरपालिकाले जनाएको छ। 

triton college

महानगरपालिकाले सार्वजनिक गरेको ३८ पृष्ठको श्वेतपत्रमा जनशक्तिको चर्को अभाव रहेको पालिकाभित्र सम्पन्‍न भइसकेका वा सम्पन्न हुन बाँकी रहेका ठूला आयोजना सम्झौताअनुसार निर्माण तथा सञ्चालन नभएको उल्लेख गरिएको छ। महानगरपालिकामा कायम रहेको कूल दरबन्दीको ३८ प्रतिशत जनशक्ति मात्र रहेको छ भने फोहर व्यवस्थापन केन्द्र, पानी प्रशोधन केन्द्र, अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्रलगायत ठूला परियोजना सम्झौताअनुसार सञ्चालनमा नरहेको संयोजक चौधरीले जानकारी दिए। 

उनले अगाडिको नेतृत्वको कमजोरीका कारण प्रतिकिलो पाँच रुपैयाँ ४२ पैसाको लागतमा फोहर संकलन भइरहेको दाबी गरे। उनका अनुसार महानगरपालिकाभित्रका ८० प्रतिशत करदाता करको दायरामा नआएका कारण महानगरपालिकाको राजस्व संकलनमा चाप थपिएको छ भने भौतिक पूर्वाधारमा ठूलो कमजोरी देखिएको छ। 

नगरप्रमुख राजेशमान सिंहले पहिलेको नेतृत्वको कमीकमजोरीका कारण महानगरपालिका आर्थिक तथा भौतिकरूपमा कमजोर भएको जानकारी दिए। उनका अनुसार पालिकामा बेरुजु बढ्दै गएको छ भने निर्माण भएको ठूला पूर्वाधार एक वर्ष नबित्दै मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। महानगरपालिकाको वर्तमान अवस्थाबारे आमनगरवासीलाई जानकारी दिन श्वेतपत्र  ल्याउन जरुरी रहेको उल्लेख गर्दै महानगरप्रमुख सिंहले वीरगञ्जको विकासले नै सबैको विकास हुने बताए।

प्रकाशित: Jul 03, 2022| 23:15 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।