आइतबार, असार ७, २०८३

कांग्रेसका पाका नेतासँग शेखरको छलफल

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पाका नेताहरुसँग भेट गरेका छन्। नेता कोइरालाले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पाका नेताहरुसँग भेट गरेका छन्। नेता कोइरालाले कांग्रेसका पुराना नेताहरुसँग पार्टीको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका उनका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए। 

National life

उनका अनुसार छलफलमा कांग्रेस केन्द्रीय सदस्य बल बहादुसर केसी, नेताहरु- तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, ओमकार श्रेष्ठ, बिनयध्वज चन्द, बिपिन कोइराला सहभागी थिए। 

यसअघि शेखरले आफ्नो समूहको बैठक बोलाएर प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेका थिए। देउवा पार्टीको मात्र नभएक गठबन्धनको सभापतिजस्तो भएको उनको समूहको निष्कर्ष थियो।

पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि विभागहरु गठन नगरेको, कोषाध्यक्ष मनोनित गर्न नसकेको र केन्द्रीय कमिटीलाई पनि पूर्णता नदिएको शेखर समूहले आरोप लगाएका थिए। 


प्रकाशित: Jul 03, 2022| 20:54 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...