काठमाडौं- नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको ६ महिना बितिसक्दा पनि पदाधिकारी टुंग्याउन सकेको छैन। पदाधिकारीमा विशेषगरी महासचिवका आकांक्षीबीचको रस्साकस्सीका कारण पदाधिकारी टुंग्याउन समस्यामा परेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार केन्द्रीय कमिटीमा सदस्यहरु थप गरेका हुन्।
पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ। यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।
जसमा प्रचण्डले आफ्ना छोरी-ज्वाइँ गंगा दाहाल र जीवन आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। यसअघि छोरी रेणु दाहाल र बुहारी बिना मगरलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।