आइतबार, असार ७, २०८३

तत्कालीन नेकपाका ५ सचिवालय सदस्यबीच भेटवार्ता

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का बहुमत सचिवालय सदस्यहरू आपसी छलफलमा जुटेका छन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का बहुमत सचिवालय सदस्यहरू आपसी छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता सम्पन्न भएको छ।

National life

आइतबार भएको भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, कम्युनिस्ट एकता लगायतका विषयमा कुराकानी भएको बताइएको छ। नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।

आइतबार माओवादी केन्द्रीय कमिटी बैठकमा कम्युनिस्ट एकताबारे छलफल भएको प्रचण्डले केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका थिए। 

तत्कालीन नेकपामा ९ जना सचिवालय सदस्य थिए। भेटवार्तामा सहभागी सबै नेताहरू हाल एमालेइतरका दलमा सक्रिय छन्। तत्कालीन नेकपा सचिवालय सदस्यहरू केपी शर्मा ओली, विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा भने एमालेमा सक्रिय छन्। 

प्रकाशित: Jul 03, 2022| 19:56 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...