सोमबार, साउन २५, २०८३

उपेन्द्र यादव र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। 

देउवालाई भेट्न यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। सरकारमा सहभागी जसपाका मन्त्रीहरू फेरबदलका विषयमा उनीहरुबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरू हेरफेर गरेको थियो। पछिल्लो समय जसपामा विवाद सिर्जना भएसँगै अध्यक्ष यादवले मन्त्रीहरु फिर्ता बोलाउने तयारी थालेका छन्। 


प्रकाशित: Jul 03, 2022| 19:42 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...