बिहीबार, चैत ५, २०८२

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा

शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी नोट ११ प्रोमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीको दाबी छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ। रेड्मी नोट ११ प्रोमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनीको दाबी छ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाका अनुसार उत्कृष्ट क्यामेरा, उच्च रिजोलुसनसहितको डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीका साथ रेड्मी नोट ११ प्रो बजारमा आएको छ। रेड्मी नोट ११ प्रोमा रहेको रियर क्वाड क्यामेरा सेटअपले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्ने विज्ञप्तीमा उल्लेख छ।

पावर अपको लागि यसमा मिडियाटेक हेलियो जी ९६ प्रोसेसर रहेको र यसको फ्ल्यागसिप ६७ डब्लु टर्बो चार्जिङले १५ मिनेटमै ५१ प्रतिशतसम्म ब्याट्री चार्ज गरिदिने कम्पनीको भनाइ छ । ट्रेन्डी फ्ल्याट–एज डिजाइनको डिस्प्ले र डुअल सुपर लिनियर स्पिकरहरूको साथमा रेड्मी नोट ११ प्रोले गेमिङ वा भिडियोका लागि इमर्सिभ स्टेरियो साउन्ड प्रदान गर्ने जनाइएको छ । ग्रेफाइट ग्रे, पोलर ह्वाइट, स्टार ब्लु गरी तीन रंगमा उपलब्ध यी फोनको मूल्य क्रमशः ३४,९९९ रुपैयाँ र ३६,९९९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित: Jul 03, 2022| 12:26 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...