जुम्ला- जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन्। चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन्। ३ सय भेडा हराएका छन्।
शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन्। अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए।
प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेका हुन्।