मंगलबार, असोज ९, २०८०

महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव स्वीकृत

बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ।
 |  शनिबार, असार १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं- बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ।

sagarmatha cement

ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको बैठकले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो। 

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)  का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई समितिले अनुमोदन गरेको हो।

नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। 

साफले  साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो। साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।



प्रकाशित: Jul 02, 2022| 18:41 शनिबार, असार १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्