आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निजगढ विमानस्थल निर्माणमा सर्वोच्च अदालतको अड्चन हट्यो : नेता नेपाल

निजगढ विमानस्थल निर्माणमा सर्वोच्च अदालतको अड्चन हट्यो : नेता नेपाल

सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको नेता नेपालको दाबी छ।
 |  शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलबारेको सर्वोच्च अदालतको फैसलाबाट आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताएका छन्। 

National life

नेता नेपालले सर्वोच्चको फैसलाको पूर्ण पाठ हेर्दा निजगढ विमानस्थल बन्दैन कि भनेर आत्तिने अवस्था नरहेको दाबी गरेका हुन्। 

‘सर्वोच्चले गरेको फैसलाको पूर्ण पाठ आइसकेको छ। पूर्ण पाठ हेर्दा आत्तिनुपर्ने केही अवस्था रहेनछ,’ उनले भने, ‘फैसलाको निचोड हेर्दा यहाँ विमानस्थल बन्दैन कि, अदालतले रोक्यो कि भन्ने खाले जुन आशंका छ, त्यसबाट मुक्त भएका छौं। अदालतको आदेशमा हवाई उडानलाई व्यवस्थित, भरपर्दो सुरक्षित र अन्तर्राष्ट्रिय सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक रहेको ठहर गरेको छ।’

उनले फैसलाले विमानस्थल बनाउन विज्ञको टोलीबाट अध्ययन गराउन आदेश दिएकाले वातावरणमा कमभन्दा कम क्षति हुने गरी विमानस्थल निर्माण प्रक्रिया सुरु हुने उनले बताए।

‘विमानस्थल बनाउन सबै क्षेत्रका विज्ञ रहेको विशेषज्ञ समूहबाट अध्ययन गराएर यहाँ कुन ठाउँको कति क्षेत्रफलको कति क्षमताको विमानस्थल बनाउनुपर्ने हो, वातावरणीय क्षति कम हुने गरी प्राविधिक दृष्टिकोणले उपयुक्त स्थानमा विमानस्थल बनाउन आदेश आएको छ,’ उनले भने, ‘फैसलाको मूल उद्देश्य नै वातावरण कमभन्दा कम क्षति होस् भन्ने देखिन्छ।’

Shivam cement

यसअघि सर्वोच्चले न्यून वातावरणीय क्षति हुने गरी र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गराएर मात्र विमानस्थल बनाउन विकल्प दिएपछि प्रधानमन्त्री देउवासहितको टोली निजगढ पुगेको हो।

सर्वोच्चले गत बुधबार सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खुला गरेको छ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू बारास्थित निजगढ विमानस्थल निर्माण स्थल अवलोकनमा गएका छन्।

प्रकाशित: Jul 02, 2022| 13:02 शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...